काँग्रेसको अर्थतन्त्र केन्द्रीत बिशेष समिति गठन
काठमाडौं बैशाख २४ , नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरेर कोभिड रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ३ बुँदे ध्यानाकर्षण गराउनुभएको छ ।
सभापति देउवाले ध्यानाकर्षमा गराउने क्रममा नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न गराउन आग्रह गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्न र सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा यसरी उद्धार गरिएका नागरिकलाइ प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन आग्रह गर्नु भएको छ ।
यसैवीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड संक्रमणको कारण जारी लकडाउनका कारण सिर्जना भएको विषम अवस्था रमुलुकको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।
काँग्रेस मुख्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेखभइअनुसार पूर्व अर्थमन्त्री डा रामशरण महत संयोजकत्वको गठित उक्त समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसक्नुभएका पार्टीका नेता तथा विज्ञहरु क्रमस महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा एवं अर्थविद् डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोख्रेल, डा गोविन्द पोख्रेल, डा स्वर्णिम वाग्ले सदस्य रहनुभएको उल्लेख गरिएको छ ।
त्यस्तै समितिलाइ कोभिड संक्रमणका कारण सिर्जित विषम अवस्थाको विश्लेषण सहित तत्कालीन अल्पकालीन र दीर्घकालीन दृष्टिकोण निर्माण सहितको प्रतिवेदन तयार गर्न कार्यादेश दिईएको बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान