शुक्रबार, चैत्र १६, २०८०

नेकपाको सचिवालय बैठकमा एक व्यक्ति एक पदको विषयमा नेताहरुवीच चर्काचर्की

काठमाडौं बैशाख २४ , सत्तारुढदल नेकपाको विहीवार बस्ने भनिएको पूर्व निर्धारित स्थायी कमिटी बैठकको पूर्व तयारी अनुरुप आज बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली जारी बैठकबाट उठेर  बाहिरिएसंगै बैठक समेत अवरुद्ध भएको  चर्चाले सामाजीक सञ्जालल रंगिन थालेको छ ।

समाचार स्रोतका अनुसार शनिबार बसेको सचिवालय बैठकले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाइ स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मा दिएअनुरुप तय गरिएको एजेन्दामा प्रधानमन्त्रीको विमति रहेसंगै बैठकमा चर्काचर्की भएको बताईएकोछ । मुलत प्रधानमन्त्री ओलीले एक पद जिम्मेवारीको एजेन्दामा छलफल आवश्यक नभएको बताउदै गर्दा बाँकी सचिवालय सदस्यहरुले एक पद जिम्मेवारीको अवधारण नेकपाको लागि आवश्यक भएको जनाउ दिएपछि एकाएक बैठकमा नयाँ तरंग सिर्जना भएके समाचार स्रोतको दावी रहेको छ ।

यसैवीच पार्टी स्थायी कमिटीका बहुसख्यक सदस्यहरुले पत्र लेखेर बोलाएको बैठकमा सबै विषयमा खुलेर छलफल हुनुपर्ने यअघिनै अडान राख्दै आएका छन । स्थायी कमिटी बैठकमा यो वा त्यो नाममा थामथुम पार्ने काम किमार्थ स्वीकार्य नहुने बताउदै आइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।