काठमाडौ चैत २०, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी जारी गरेको आदेश ‘लकडाउन’ को आज १०औँ दिनमा बसको समितिको बैठकले मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
साथै सरकार प्रवक्ता एवम सञ्ञारमन्त्री युवराज खतिवडाले स्थानीय प्रशासनको सहजीकरणमा तामाकोशी, मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजनाको काम पनि सुचारु गर्न सकिने निर्णय आजको बैठकले गरेको जानकारी दिदै आयोजनामा बाहिरबाट आउँने नयाँ कामदारलाइ रोक लगाउँदै यसअघि जोडिएका कामदारलाई सुरक्षित राखेर काम गराउन सक्ने त्यस्तै कृषि कार्य गर्ने विषयमा पनि स्थानीय र पारिवारिकरुपमा बाली लगाउन र उठाउनका लागि अवरोध नगर्ने निर्णय भएको बताउनु भएको छ ।
त्यसैगरि समितिको बैठकले नेपाल भारत सीमास्थित क्वारेन्टाइनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सिमा पार गर्न दिने व्यवस्था मिलाउने निर्णय संगै नेपालमा भएका विदेशी श्रमिकलाई सरकारले आवश्यक सुरक्षा दिने निर्णय गर्दै विदेशमा भएका नेपालीलाई पनि सुरक्षितरुपमा राखेकामा ती मुलुकलाई धन्यवाद दिदै उनिहरुको नेपा प्रवेशको हकमा भने १४ दिन भने क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । स्वास्थ्य सामग्री खरिदका सवालमा भने यो वा त्यो भन्नु भन्दा पनि यस विषयमा के भएको हो त्यसको अनुसन्धान गर्ने निकाय छुट्टै भएकाले आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने जनाउ दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान