शनिबार, बैशाख ८, २०८१

राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप : महासंघ

काठमाडौ चैत २०, नेपाल पत्रकार महासंघे स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धी काठमाडौं प्रेस डटकममा प्रकाशित समाचार हटाउन दबाब दिने र आनाधिकृत तरिकाले पोर्टलमा छिरेर समाचार हटाउँदै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आ विज्ञप्ति जारी गर्दै काठमाडौं प्रेस डटकममा अनियमिततासम्बन्धी प्रकाशित समाचार हटाउन प्रधानमन्त्रीको सचिवालयले दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

त्यस्तै महासंघले प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप मात्र नभइ संविधानविपरीत भएको भन्दै यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको उल्लेख गरिएको छ ।

साथै महासंघले राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

यसअघि काठमाडौं प्रेस डटकम पनि प्रस्तुत घटनाको विषयम विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेस माथि राज्यको जिम्मेवार निकायबाट भएको बदनियत रवैयाको भत्र्सना   गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।