काठमाडौ चैत २, कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसइइ परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ । कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नु पर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अविभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरू भनाई रहेको छ ।
परीक्षा रोक्ने , विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यतावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसइइ रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन हुनुपर्ने बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरूलाई त्रास फैलाएर एसइइ परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिएका छन् । मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले पनि वर्तमान परिस्थितिको आँकलन गरेर परीक्षा रोक्ने सुझाव नदिएको भन्दै उहाँले परीक्षा नरोकिने प्रष्ट पारेका खवर आजको गोरखापत्र दैनिकमा प्रकाशित रहेको छ । मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले दिने सुझावको आधारमा शिक्षा मन्त्रालय अगाडि बढ्छ । उनले उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको समितिले अन्तिम निर्णय गर्ने जानकारी दिदै अन्यत्र खुला गरेर परीक्षा रोक्दा विद्यार्थी र अविभावकमा नकारात्मक असर पर्ने बताए ।
सरकारले पनि कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएको छ मन्त्री पोखरेलले बताएका छन् । “त्यसमा पनि आवस्यक छलफल भइरहेकाछन् , तर सरकार परीक्षा रोक्नुपर्छ भन्ने पक्षमा छैन ।” १० वर्ष मुनिको बालबालिकामा संक्रमण नभएको , ४० वर्ष माथि उमेरकालाई देखिएको, ज्येष्ठ नागरिक, दीर्घरोगीहरूमामात्र कोरोना संक्रमण देखिएको आधारमा पनि परीक्षा हुने मन्त्री पोखरेलको भनाई छ ।
उनले प्लान ए र प्लान बी बनाएर सरकारले काम गरीरहको जानकारी दिदै प्लान ए अनुसार नै शिक्षा विज्ञान प्रविधि मन्त्रालयले अहिले रणनीति बनाएरै काम काम गरीरहेको बताएका छन् । सचेतना फैलाउने काम शिक्षा मन्त्रालयले गर्ने भन्दै ६० लाख विद्यार्थी लाई कोरोना बारे ठीक ढंगले बुझाउनुपर्ने अवस्था हुनसक्छ भनेका छन् । परीक्षा गराउने तयारी अन्र्तगत १९९५ वटा परीक्षा केन्द्रमा हेल्थ डेष्क राख्ने निर्णय भइरहेको जानकारी दिएका छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान