बिहिबार, बैशाख १३, २०८१

कोरोनाभाइरस विरुद्धको विश्वव्यापी अभियानमा सबै एकजुट हुन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौ चैत १,  विश्वव्यापी प्रभाव फैलाउँदै गएको कोरोनाभाइरस’को संक्रमणबाट बच्न आवश्यक सतकैता अपनाउँन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ आह्वान गरेकी छन् ।

शनिबार राष्ट्रपति भण्डारीले ट्वीटमार्फत विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न र रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो ट्वीटमा विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं १ यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट   हुन आव्हान गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।