मङ्लबार, बैशाख १८, २०८१

सूचना तथा प्रविधि विधेयक विरुद्ध काँग्रेस आन्दोलित, प्रजिअ मार्फत सरकारको ध्यानाकर्षण

काठमाडौं माघ ५ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाएको हो ।

संसद्, विकास तथा प्रविधि समितिबाट बहुमतले पारित गरेको सूचना तथा प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन् हुने जनाउ सहति काँग्रेसले आन्दोलनको प्रारुपमा विषयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फ बुझाईएको विरोधपत्रमा नागरिकको विचार, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हक तथा सूचनाको हकसमेतलाई सङ्कुचन र नियन्त्रण गर्ने मात्र नभई नियमनका नाममा सामाजिक सञ्जालमार्फत हुने विचार अभिव्यक्तिको स्वतन्त्रतालाई गम्भीर फौजदारी अपराधका रूपमा दण्डित एवं ‘सेल्फ सेन्सरसीप’को अवस्था सिर्जना गर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि विषयगत एजेन्दा प्रस्तुत गरिएको छ ।

त्यस्तै विधेयकले व्यक्तिगत र सामाजिकरूपमा प्रभाव पार्ने र सामाजिक सञ्जालमा कसैलाई व्यङ्ग्य गरेवापत पाँच वर्ष जेल र रु १५ लाख जरिवना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनीयताको संवैधानिक अधिकार हनन् हुने एवं आलोचना तथा व्यङ्ग्य गर्न पाउने नागरिकको स्वतन्त्रता समाप्त हुने भन्दै विधेयकको विरुद्ध एकाकार हुन समेत सम्वद्ध सवैमा काँग्रेसले आव्हान समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।