काठमाडौ माघ २, सरकारले गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य मुकदर्शक बन्न नसक्ने निष्कर्ष सहितको अभिव्यक्ति दिएको छ ।
त्यस्तै उहाँले पत्रकार सम्मेलनमा सरकारले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको जनाउ दिदै विप्लब समूहलाइ आतङ्ककारी ठहर गर्दै प्रतिबन्धित गरेको बताउँनु भएको छ ।
साथै मन्त्री बाँस्कोटाले सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको बताउँदै विषयगत एजेन्दामा विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन नमिल्ने र यदि धम्की आएकै हो भने प्रष्ट रुपमा कसले धम्की दियो, कति नम्बरबाट फोन आएको हो सोका किटानी सार्वजनिक गर्न अलमलिनु नहुने बताउँदै सस्तो लोकप्रियताको लागि प्रोपोगण्डा गर्नु राम्रो पक्ष नभएको बताउँनु भएको छ ।
साथै अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन काठ जेजस्तो अवस्थामा रहेको छ त्यहि अवस्थामा फिर्ता गर्ने निर्णय भएको जानकारी दिनुको अलावा उहाँले वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको बताउँदै डेपुटी गभर्नर श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उहाँलाई सफाइ दिइएको जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान