शुक्रबार, चैत्र १६, २०८०

म.प. बैठक : साइटिस’ अभिसन्धि अनुसार १ लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गरिने

काठमाडौ माघ २,  सरकारले गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भएका २० बुँदे निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता एवं सन्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्णय सार्वजनिक गर्दै अवैध रुपमा नेपाल भित्रिने क्रममा बरामद भएको रक्तचन्दन  परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन काठ जेजस्तो अवस्थामा आगामी ९० दिनभित्र भारत फिर्ता गरिने   जानकारी दिनु भएको छ

त्यस्तै उहाँले वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको बताउँदै डेपुटी गभर्नर श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उहाँलाई सफाइ दिइएको जानकारी दिनुको अलावा विद्युत् वितरण प्रणाली स्तरोन्तति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

साथै विभिन्न भौतिक संरचना निर्माणका लागि जग्गा प्रयोगको स्वीकृति दिइएको छ । भेरी नगरपालिका जाजरकोटको साविक जगतिपुर गाविस १ हाल भेरी नगरपालिका–५ को ११ हजार १९० वर्गमिटर जग्गा जाजरकोट बहुप्राविधिक शिक्षालय निर्माणका लागि प्राप्ति गर्न स्वीकृति दिइएको जानकारी दिनु भएको छ ।

यस्तो छ मन्त्रिपरिषद् बैठकले गरेका बाँकी निर्णय  :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।