मङ्लबार, बैशाख १८, २०८१

यी हुन पहिलो दुई वर्षको कार्यकाल पूरा गर्दै वाहिरिने राष्ट्रियसभाका १९ सदस्यहरु

काठमाडौं मंसिर २१, आगामी फागुन २० गतेबाट ५९ सदस्यीय राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि सकिँदैछ । पहिलो दुई वर्षको कार्यकाल पूरा भइ पदावधी सकिने राष्ट्रियसभा सदस्यहरुमा सत्तारुढदल नेकपाका ९ , प्रतिपक्षीदल नेपाली काँग्रेसका ७, राजपाका र्२ र समाजवादी पार्टीका १ जना सदस्य रहेका छन ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था  अनुरुप यसरी रिक्त हुन आएको १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग सोमबार छलफल कार्यक्रम तय गरेको जानकारी दिदै आयोगले संवैधानिक प्रावधान अनुरुप आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा गरेको जनाएको छ । राष्ट्रियसभा सदस्यचयनका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ ।

आयोगको अनुसार पहिलो दुई वर्षको कार्यकाल पूरा गर्ने माननीयहरुमा क्रमस सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेको र यसमध्ये हाल वहालमा रहेका अर्थमन्त्री रहनुभएका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको रिक्त हुने स्थानमा यसपटकपनि राष्ट्रपतिबाट मनोनीत हुने छ । मन्त्री खतिवडा यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।