बुधबार, बैशाख १२, २०८१

नेता जोशीको आरोप : सरकार स्वंय संविधानप्रदत जनाधिकारच्यूत गर्ने परिपञ्चमा

काठमाडौं मंसिर २१ , काठमाडौं काँग्रेस क्षेत्र न. ८ र प्रदेश समिति को सयुक्त आयोजनामा आज राजधानीको बसन्तपुरमा  वृहत ध्यानाकर्षण सहितको धर्ना कार्यक्रमको आयोजना गरिएको छ ।

पछिल्लो समय बढ्दो भष्टाचार सहितको यावत  चरम वेतिथी, दण्ड हिनता , अराजकता , मंहगी भूमी अतिक्रमण, गुठी विद्येयक,सम्पदाको पुर्ननिमांण र शान्ति सुरक्षाको माग गर्दै आयोजना गरिएको धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले बढ्दो कम्न्युष्ट सरकारको दवदवासंगै मुलुकमा यत्र तत्र सर्वत्र अराजकता मौलाएको बताँनु भएको छ । नेता जोशीले वर्तमान सरकार किमार्थ नेपाली जनताप्रति उत्तरदायि बन्न नसकेको आरोप लगाउँदै सरकारले शक्तिको उन्मादमा जनतामाथि यो वा त्यो नाममा दमन गर्दै संविधानप्रदत हकाधिकारच्यूत गर्ने परिपञ्चमा लागि परेको बताउँनु भएको छ ।

त्यस्तै भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्ने नेकपा नेतृत्वको सरकार संस्थागत भ्रष्टाचारको परिबन्दमा लिप्त भएकै कारण आज मुलुकमा  दिनानुदिन भ्रष्टाचारको धराप बढ्दै गएको बताउँनु भएको छ । साथै जनताको चाहना र भाव विपरित सरकार अराजकप्रारुपमा जनताको रक्षक भन्दा पनि भक्षक भएकै कारणवालिका निर्मला पन्तको हत्यारा आजको मितिसम्म पनि कारवाहीको दायरामा आउँन नसकेको बताउँदै आज काठमाडौं काँग्रेस क्षेत्र न. ८ बाट शुरु भएको सरकार विरुद्धको जनआवाज अव देशैभर फिजिने र फेरि एकपटक नेपाली जनताले अराजकता र चरम वेतिथी विरुद्ध आवाज बुलन्द गर्ने विस्वास व्यक्त गर्नु भएको छ ।

धर्ना कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति सबुज वाँनिया ,महिला संघ काठमाडौकी नेत्री लगायतका वक्ताले दुइ तिहाइको दम्भमा सरकारले नेपाली जनतामाथि गर्दै आएको दमनविरुद्ध आवाज बुलन्द गर्नुको विकल्प नभएको बताउँनु भएको छ ।  काठमाडौं काँग्रेस क्षेत्र न. ८ सभापति राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न् कार्यक्रममा प्रदेश समितिका सभापतिद्दय राज्यलक्ष्मी श्रेष्ठ, देवरत्न डंगोल, जिल्ला समितिका पदाधिकारी ,क्षेत्रीय समितिका पदाधिकारी लगायत काँग्रेसका भातृसंगठनका पदाधिकारी र विभिन्न तह र तप्काको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्तासंगै उल्लेख्य जनसहभागिता रहेको रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।