सोमवार, बैशाख २४, २०८१

चिनियाँ एटिएम ह्याकरबाट पैसा सटही गर्ने मनि एक्सचेन्जका सञ्चालक र प्रबन्धक पक्राउ

काठमाडौ भाद्र १७ , बैैकको एटिएम ह्याक प्रकरणमा पक्राउ परेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँ अमेरिकन डलरमा सटही गरेको अभियोगमा ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार एटिएम ह्याकर मध्ये फरार रहेका थप ३ जना ह्याकरले एटिएमबाट “ह्याक गरेर निकालिएको रु २९ लाख अमेरिकी डलरमा सटही गरेकाले हामीले मनि एक्सचेन्जका सञ्चालकलाइ पक्राउ गदै तीनै जनालाई बैैकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको जानकारी दिएका छन ।

चिनियाँ नागरिकले शनिबार नबिल बैंकको बुथको एटिएम प्रयोग गरेर प्रभु बैंक, एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल–आइएमइलगायत बैंकबाट रु एक करोड २६ लाख २९ हजार ह्याक गरेर निकालेका थिए । प्रहरीले ह्याक गरेर पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई शनिबार र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिसकेको छ भने दुई फरार रहेका दुइजनाको खोजि भइरहेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031