बुधबार, बैशाख २६, २०८१

काङ्ग्रेस केन्द्रीय समिति : निर्वाचित वडा सदस्य मेहताको पद रिक्तका लागि पत्राचार

  काठमाडौं भाद्र १३ , नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचन अन्र्तगत सुनसरीको इनरुवा नगरपालिका–२ को वडा सदस्यमा काङ्ग्रेसको तर्फबाट निर्वाचित वडा सदस्य लक्ष्मी मेहताको पद रिक्त गर्ने प्रक्रिया शुरु गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन बमोजिम वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको हो  । काङ्ग्रेसको तर्फबाट वडा सदस्य पदमा निर्वाचित वडा सदस्य मेहता पछिल्लो समय काङ्ग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गर्दै अन्य पार्टीमा प्रवेश गरेपछि उक्त वडा सदस्य पद रिक्त गर्नका लागि आवश्यक प्रक्रिया शुरु गरेको हो ।

त्यस्तै पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको सवालमा समेत छलफल आजको बैठकमा केन्द्रीय सदस्य दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, उमाकान्त चौधरी, डा शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाईं, बहादुरसिंह तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राख्नुभएको उल्लेख गर्दै काङ्ग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । काँग्रेस केन्द्रीय समितिको अर्को बैठक भाद्र १५ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु