मङ्लबार, बैशाख ११, २०८१

वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा क्याप्टेन थापा

काठमाडौं भाद्र १४ , वायुसेवा सञ्चालक सङ्घको शुक्रवार सम्पन्न १९ औं साधारणसभाले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाइ अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

निर्विरोध चयन भएको सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष , महासचिव,सचिव र कोषाध्यक्षमा क्रमस यती एयरलाइन्सका अनुज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्ट, समिट एयरलाइन्सका मनोज कार्की, मनाङ एयरका राजु न्यौपाने र बुद्ध एयरका रुपेश जोशी रहेका छन ।

त्यस्तै सङ्घका कार्य समिति सदस्यहरुमा सिम्रिक एयरलाइन्सका प्रज्ज्वल थापा , हेली एभरेष्टका योगराज कँडेल, एयर डाइनेस्टीका बालकृष्ण पण्डित, कैलाश हेलिकप्टरका बरुण ज्ञवाली, अल्टिच्युड एयरका निमानुरु शेर्पा, सि र प्रभु हेलिकप्टरका सुवास अमात्य रहेका छन् ।  नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाइ संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सम्मान सहित कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । फोटो : प्रज्ज्वल थापाको FB page

यसै अवसरमा  नवनिर्वाचित सङ्घको अध्यक्ष रामेश्वर थापा र कार्यसमिति सदस्य प्रज्ज्वल थापा  सहित    सिङ्गोकार्य समितिको कार्यकाल  सफलताको लागि यस  http://www.kantipurhotline.com को तर्फबाट समेत शुभकामना अभिव्यक्त गर्दछु ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।