मङ्लबार, बैशाख २५, २०८१

लामिछाने सहित ३ जनाविरुद्ध मुद्दा दायर, कार्कीको बयान सकियो ,बाँकीको वयान सोमवार

काठमाडौ भाद्र ८, पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आज मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू विरुद्ध आज दिउँसो मुद्दा दर्ता गराएको हो ।

जिल्ला अदालत चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा आज जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अस्मिता कार्कीको बयान सकिएको छ भने सोमवार लामिछाने र कँडेलसंग बयान लिइने बताईएको छ ।

आज दर्ता गरिएको मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु