मङ्लबार, बैशाख १८, २०८१

बजारमा न्यून गुणस्तरका औषधिको बढ्दो आक्रान्त ,नियमक निकाय रिकलको औपचारिकतामा रमाउँदै

काठमाडौं साउन १४,  राजधानी लगायत मोफसलमा समेत अहिले स्वदेशी तथा विदेशी औषधि उत्पादक कम्पनीले उत्पादन गरेका न्यून गुणस्तरका औषधिको विक्री वितरणको भोलुमको आक्रान्त बढ्दो रहेको पाइएको छ । औषधि उत्पादनको निर्देशक सिधान्त फर्माकोपिया विपरित नेपालको औषधि व्यवसायमा महत्वपूर्ण हिस्सा ओगटेको भारतीय कम्पनीसंगै त्यहाँका स्थानीय लोकल कम्पनीद्दारा उत्पादन गर्दै आयात गरिएका सामान्य देखि एन्टिवायोटिक औषधि संगै नेपाली कम्पनीले उत्पादन गर्ने गरेको विभिन्न ब्राण्डका औषधि त्यस्तैगरि नेपाली आयुर्वेद कम्पनी द्दारा उत्पादित औषधि लगायतमा यस किसिमको समस्या देखिएको हो । औषधिको सेवन पछि मानिसलाई रोगबाट छुटकारा दिलाउँन प्रयोग हुने सामान्य देखि एन्टिबायोटिक औषधिमा देखिएको यस किसिमको समस्याका कारण आज रोग निदाका लागि औषधि सेवन गर्दै गर्दा बिरामीमा प्रभावकारी र रोग निदानका लक्षण्न्दा पनि त्यस विपरितका लक्षण देखिन थालेका औषधि विज्ञहरुको अभिमत रहेको पाइन्छ ।

औषधि व्यवसायलाइ सेवा मैत्री व्यवसायको प्रारुपमा परिभाषित गरिएपनि पछिल्लो समय यस व्यवसायमा अपनाइनुपर्ने सावधानीको गंभीर उपेक्षा हुने गरेको छ । जेहोस, जसरी होस अर्थात मानव स्वास्थ्य भन्दा पनि व्यवसायका लागि व्यवसाय गर्ने प्रवृतिले प्रशय पाउँदै आएको अवस्था छ । व्यवसाय आफैमा नाफा मुलक हुन्छन  तर नाफाका लागि नाफा आर्जनमा लिप्त हुँदै गरिने कारोवारसंगै सरोकारवाला सेवा प्रदायक व्यवसायीको लापरवाइ र राज्यका नियमक निकायको तर्फबाट नियमन सहितको निगरानीमा हुने गरेको कर्मकाण्डी प्रवृति तथा गैर जिम्मेवारीपनका कारण आज औषधि व्यवसायको क्षेत्रमा अनेकन विषम परिस्थिती सिर्जना हुँदै आएको छन भने आम उपभोक्ता मुलुकको संविधानले प्रत्याभुत गरेको गुणस्तरिय औषधि सेवन गर्न पाउँनु मौलिक हकाधिकारबाट बन्चित हुँदै आएका छन ।

विभागमा कार्यरत कतिपय जिम्मेवार जनशक्ति अर्थलाभकै कारण औषधि सम्वद्ध व्यवसायीवृतमा सूचना लिक गर्दै सुराकीको काम गर्ने प्रवृतिले ग्रसित भएका कारण विभाग दिनानुदिन व्यवसायीको लाचार छाँया बन्दै गएको जिकिर

यसअर्थमा त्यसलै स्वदेशी उत्पादन होस वा आयात गरिएका जुनसुकै औषधि किन नहोस विश्व स्वास्थ्य संगठन डब्लुएचओले तोकेको मापदण्ड एवम औषधि उत्पादनको निर्देशक सिद्धान्त फर्माकोपिया विपरित मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय अङिगकार गर्दा यसको लागि अपनाइनुपर्ने न्यूनतम भन्दा न्यूनतम सूचक प्रति जिम्मेवार बन्न आवश्यक रहन्छ तर यहाँ इन्तु परन्तुको नाममा जसले जे मन लाग्यो त्यहि गर्ने प्रवृति दिनानुदिन बढुदो रहेका सम्बद्ध विज्ञहरुले बताएका छन ।

पछिल्लो समय औषधि व्यवस्था विभागले स्वेदेशी तथा विदेशी कम्पनीद्दारा उत्पादन गरिएको विभिन्न ब्राण्डको औषधि जुन बजारमा उपभोक्ता प्रयोजनार्थ विक्री वितरण भइसकेको अवस्थामा विभागले पोष्ट मार्केटिङ्ग सर्मिलेन्स अन्र्तगत जोखिममा आधिारित औषधिको स्याम्पल परीक्षण गर्दै उत्पादित औषधि मानव स्वास्थ्यका लागि अयोग्य रहेको जनाउ दिदै तत्काल बजारबाट फिर्ता गर्न जारी गर्ने निर्देशन दिने गरेका छन ।

यहाँ स्मरणीय के छ भन्दा कुनै पनि औषधि आयात गरिएको होस वा उत्पादन त्यो औषधि उपभोक्तावीच पुग्नु भन्दा पहिलेनै त्यसको गुणस्तरियता परिक्षण गर्नु पर्ने हो । तर जोखिममा आधारित स्याम्पल परीक्षण गर्दै गर्दा बजारमा सामान्य देखि गम्भीर प्रकृतिका विरामीले सेवन गरिसकेको अवस्थाकावीच अर्थात न्यून गुणस्तरका औषधिले उपभोक्ताका स्वास्थयलाइ प्रभावित बनाइसकेको अवस्थामा रिकल आदेशको प्रभावकारिता लगन पछिको पोते सावित भएको छ ।

पछिल्लो पटक गत असार २१ गते मात्र विभागले छ वटा नेपाली कम्पनी र २ वटा भारतीय कम्पनीको उत्पादनको स्याम्पल परीक्षणका क्रममा औषधिको गुणस्तर न्युन रहनुको अलावा मानवस्वास्थ्य घातक रहेको पाइएको भन्दै ८ प्रकारका औषधि उद्योगको नाममा रिकल गर्न निर्देशन जारी गर्यो । तर विभागको निर्देश आउनु पूर्व उपभोक्ताले बजारमा ती न्यून गुणस्तरका भनिएका औषधि सेवन गरिसकेको सम्वद्ध औषधिको सिफारिस गर्ने चिकित्सकहरुको भनाइ लाइ मनन गर्नेहो भने समस्या आफैमा विकराल बन्ने गरेको पाइन्छ ।

त्यस्तै विभागले औपचारिक रुपमा औषधि रिकल गर्न सूचना जारी गरे पनि विभागको निर्देशन विपरित यी र यस्ता औषधि पछिल्लो समय बजारमा भेटिनु मात्र नभइ रिकल सूचना जारी हुनु पूर्व उपभोक्ताले त्यस्ता औषधि प्रयोग गरिसेकेको अवस्थामा हुने हानी नोक्सानी लगायतका यावत विषयमा औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीसंग प्रतिक्रिया माग्दा उहाँले भने –  कुनै पनि औषधि रिकल गर्दा त्यो  औषधिले मानव स्वास्थयमा पार्ने अति जोखिम, जोखिम र सामान्य असर मध्ये कुन कस्तो असर गर्ने हो त्यसको क्याटागोरी पहिचान गर्दै विभागले औषधि उत्पादन गर्ने कम्पनी वा आयातकर्तालाइ निर्देशन दिदै सोहि अनुरुपको कारवाही गर्ने गरिएको बताए । साथै उहाँले पछिल्लो समय रिकल गरिएको औषधिमा खासै त्यस्तो जोखिम नरहेको जहाँसम्म रिकल गरिसकेका औषधि बजारमा भेटिएको भन्ने सवाल छ त्यसमा विभागले तत्काल निमयमन गर्ने बताए ।  तर उपभोक्ता सरोकार समुहले भने– औषधि ऐन २०३५ गरेको व्यवस्था विपरित विभागले औषधि बजारमा गुणस्तर हिन औषधि उत्पादन ,आयात र विक्री वितरण गर्दै गर्दा पनि विभाग भने अनेकन बहानामा औपचारिकतामा मात्र रमाउँदै बस्ने गरेको बताए ।

साथै राज्य र यस मातहतका निकाय नै नागरिकको स्वास्थ्य प्रति उत्तरदायि बन्नु भन्दा पनि न्यून गुणस्तरका औषधिको उत्पादन आयात गर्नेलाइ प्रशय दिदै कारवाही गर्ने नैतिक दायित्ववाट विमसख हुनु भनेको यहाँ हुँने गरेको पाइलैपिच्छेको आर्थिक चलखेलको पराकाष्ठा भएको आरोप सहित समूहका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने औषधि व्यवस्था विभागमा कार्यरत कतिपय जिम्मेवार जनशक्तिले अर्थलाभकै कारण औषधि सम्वद्ध व्यवसायीवृतमा सूचना लिक गर्दै सुराकीको काम गर्ने प्रवृतिले ग्रसित भएका कारण विभाग दिनानुदिन व्यवसायीको लाचार छाँया बन्दै गएको जिकिर गरेका छन ।

विभागले बदनियत काम विरुद्ध छापामार शैलीमा कारवाही प्रक्रिया शुरु गर्ने नितिगत निर्णय गर्दै कार्र्यान्वयनको तयारी गर्दै गर्दा कारवाही भन्दा हुनुपूर्व त्यो सूचना सम्वद्ध व्यवसायीवृतमा पुगिसक्ने उनको भनाइ रहेको छ । यसैवीच विभागले रिकल गर्न भनिएको सम्वद्ध औषधि कम्पनीले बजारबाट रिकल गर्यो वा विभागमा मात्र आमीले रिकल गर्यौ भन्दै पत्र बुझायो यसको अनुसन्धान अर्को शृखलामा ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।