शुक्रबार, बैशाख १४, २०८१

फोरमले भन्यो – नाकामा सेना परिचालन ,सवारीमा जोर-विजोर प्रणाली सहित उपत्यकाको जनजीवन सहज बनाउ

भाद्र २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई आवश्यकता अनुसार सञ्चालन गर्ने

काठमाडौं भाद्र २३,
उपत्यकामा बढ्दो कोभिड संक्रमणको जोखिम  नियन्त्रणका लागि  १५ दिन कफ्र्य लगाउँनुको  विवकल्प नभएको  जनाउ दिदै  उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीले जारी गरेको निषेधाज्ञा आदेशमा  विमति  सहितको प्रतिक्रिया  सार्वजनिक गरेका उपत्यकाका दुई महानगरसहित १८वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले   गत भाद्र ३ गते मध्यरातबाट गतेबाट लागु गरिएको निषेधाज्ञाको विकल्पमा उपत्यका छिर्ने सबै नाकामा सेना परिचालन गर्दै उपत्यका प्रवेशमा कडाई गर्न र उपत्यका भित्र केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा जोर–विजोर प्रणाली लागु गर्न माग गरेको छ ।

फोरमका  उपाध्यक्ष एवम ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले भित्रको जन–जीवन खुकुलो बनाउँदै नाकामा भने सेना परिचालन गर्दै अत्यन्त कडाई गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको हो ।

फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोभिड संक्रमणका कारण होम आइसोलेसनमै रहेका कारण उपाध्यक्ष महर्जनको अध्यक्षतामा आजको बैठक बसेको बैठकले उपत्यकामा बढ्दो कोभिड ‘महामारीकावीच पनि आगामी भाद्र २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई आवश्यकता अनुसार सञ्चालन गर्दै लैजाने निर्णय समेत गरेको छ ।

त्यस्तै फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भाद २४ गते जारी निषेधाज्ञाको समय सिमा समाप्त भएसंगै उपत्यकाको जनजीवन पनि सहज बनाउन २५ गतेबाट उपत्यका प्रवेशका सबै नाका र प्रस्थान विन्दुमा अत्यन्त कडाई गर्नुको विकल्प नभएको र यसका् लागि नेपाली सेना परिचालित गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।   त्यस्तै बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा सचेत र जिम्मेवार बनाउँदै लैजान उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने–गराउने पनि निर्णय गरेको छ ।

त्यस्तै गरि बैठकले कागेश्वरी मनोहरा नगरका मेयर कृष्णहरि थापाको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा धारणा निर्माण गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकको सदस्यमा गोदावरी नगरका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरी नगरका मेयर घनश्याम गिरी, नागार्जुन नगरकी उपमेयर शुशिला अधिकारी र तारकेश्वर नगरकी उपमेयर भवानी डोटेल धिताल हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन संशोधन प्रक्रिया अघि बढाएपछि यसभित्रका व्यवस्थाको स्पष्ट व्याख्या गर्न, आफ्ना चासो र सरोकारका बिषय समेट्न कार्यदल समेत गठन गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।