शुक्रबार, बैशाख १४, २०८१

ठूलो परिणाममा लागूऔषध सहित तीन अभियुक्त पक्राउ

काठमाडौं भाद्र २३ ,

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा २ हजार ९५० एम्पुल डाईजेपाम, ३ हजार एम्पुल नाईट्रोभेट, दुई हजार ९५० एम्पुल प्रोमाथाजिन, एक हजार ४०० एम्पुल नुर्फिन र एक हजार ५०० एम्पुल बुफ्रोपिन सहित लागूऔषधसहित ३ जनालाई भक्तपुरको सल्लाघारी बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसेका ३६ वर्षीय विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोक भोटेकोशीका ३२ वर्षीय शङ्कर खड्का रहेका  जनाउदै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले ना ३ ख ९८९ नम्बरको कन्टेनरको सिटमुनी लुकाएर ल्याएको अवस्थामा   लागुऔषधका कारोवारीत्रयलाइ पक्राउ गरिएको जानकारी दिनुभयो ।

“सल्लाघारीबाट लागूऔषधसहित डम्बर र विष्णुलाई पक्राउ गरेपनि लागूऔषध कारोबारमा संलग्न शङ्करलाई भने बुढानिलकण्ठबाट पक्राउ गरेको बताउदै पक्राउ परेका अभियुक्त उपर थप अनुसन्धान भइरहेको महाशाखाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।