शुक्रबार, बैशाख १४, २०८१

बाग्लुङको ढोरपाटन बाढीपहिरो घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौ भाद्र १८,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिराबाट १४ जनाको मृत्यु, तीन दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण पीडितको संवेदनशीलताप्रति काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ । सभापति देउवाले पहिरामा परी जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

त्यस्तै उहाँले सम्पर्कविहीन हुन पुगेकाको खोजी कार्यलाई तीव्र पार्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।