शनिबार, बैशाख १५, २०८१

भारी वर्षाको सम्भावना सहित यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौ भाद्र २३ ,

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेको छ। । हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी दिनको मौसम पूर्वानुमान :

भाद्र २३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २५ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।