बिहिबार, बैशाख २७, २०८१

काठमाडौं उपत्यकामा थप ४३१ जना कोभिड संक्रमित थपियो

काठमाडौ भाद्र २७,

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार १७६ जनाको पिसिआर परीक्षणको क्रममा थप १२०२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

यसमध्ये काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोभिड संक्रमण भेटिएको जनाउदै मन्त्रालयले आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौमा ३७७ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना रहेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८५२ जना कोभिड मुक्त भएको जनाउदै योसंगै ३७ हजार ५ सय२४ पुगेको छ । कोभिड संक्रमणबाट गम्भीर अवस्थामा पुगेका १६० जना आइसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।