मङ्लबार, बैशाख ४, २०८१

थप १हजार २०२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि , उपत्यकाका ५ सहित १४ को मृत्यु

काठमाडौ भाद्र २७,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार १७६ जनाको पिसिआर परीक्षणको क्रममा थप १२०२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । त्यस्तै मन्त्रालयले  पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हनेको संख्या ३७ हजार ५२४ पुगेको जनाएको छ ।

साथै क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३५४ जना रहेका छन् भने संक्रिय संक्रमित सख्या १५ हजार २६० जना रहेको मन्त्रालयले जनाएको छ। यसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार १५३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कुल संक्रिय संक्रमित मध्ये १६० जना आईसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छ भने संक्रमणका कारण ३ महिला र ११ जना पुरुष गरि थप १४ जना संक्रमितको मृत्यु भएको छ ।   मृत्यु हुनेहरु काठमाडौंका ३ जना, भक्तपुर २ जना रुपन्देहीका २ जना र पर्सा, सुनसरी, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र कास्कीका ११ जना रहेका छन । योसंगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।