शुक्रबार, बैशाख १४, २०८१

अत्यावश्यक सेवामा थप सहजिकरण सहित पुनः एक साता जारी निषेधाज्ञा थप हुँदै

काठमाडौ भाद्र १७,

उपत्यकामा कोभिड संक्रमण बढेपछि गत भाद्र ३ देखि सुरुमा एक साताका लागि जारी निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक भाद्र १० मा थपिएको निषेधाज्ञाको समय आज मध्यरातिबाट सकिँदैछ ।

जारी निषेधाज्ञाका वीचपनि काठमाडौं उपत्यकाका संक्रमितको सख्या घट्नुको सत्ता दिनानुदिन बढ्दो पाइएसंगै ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाइ थप एक साताका लागि विस्तार गर्ने तयारी गरेको बुझिएको छ । उपत्यकामा कोभिड संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित यस्तो तयराी भएको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै निषेधाज्ञा थपका लागि नितिगत निर्णय गर्नका लागि मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठकभएको थियो ।

बैठकको निष्र्का अनुरुप जारी निषेधाज्ञाको संरचनामा केहि फेरबदल सहित अर्थात अत्यावश्यक सेवासँगै होम डेलिभरी र टेकअवे सेवा लगायतका थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।