शुक्रबार, बैशाख ७, २०८१

दिवङ्गत पितृहरुको सम्मानमा गरिने सोह्र श्राद्ध आजदेखि शुरु

काठमाडौं भाद्र१७ ,

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहिआएको छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास समेत रही आएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाली तीर्थमा गरिने ब्रह्मकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित छन् ।

सोह्र श्राद्धमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, देवघाट लगायत विशेष रुपमा सम्पन्न हुने भएपनि यसवर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड १९को जोखिम उपत्यका लगायत देशैभर फैलिएको अवस्था छ । त्यमसाथि पनि सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन । त्यसअर्थमा भर्चुअल माध्यम प्रयोग गर्न आग्रह गर्दै स्वास्थ्य सतर्कता अपनाउन पनि समेत आग्रह गरिएको छ ।

मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ । पूर्णिमाबाट शुरु भई औंशीसम्म सोह्र श्राद्ध सम्पन्न हुन्छ । यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहँदै आएको हो । सोह्र श्राद्धको १६ दिनपछि दशैं आरम्भ हुन्छ । हिन्दुको महत्वपूर्ण चाडवाड अगाडि पितृको पूजा गरिने भएकाले पनि यसको विशेष महत्व छ । तर यसवर्ष पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढिलामात्र दशैं आरम्भ हुनेछ ।

यस्तो छ अतृप्त प्रेतात्माको तृप्ती,सद्गति र मुक्तिका लागि गरिने विज्ञानमयी पिण्ड पूजा विधान

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031