शनिबार, बैशाख १५, २०८१

पूर्व श्री ५ ज्ञानेन्द्रबाट राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं भाद्र ३ ,
पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ ।
देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै पूवैराजा शाहले उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभएकोछ ।  साथै, दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

सोमवार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा १०१ वर्षका उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको थियो भने उहाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।