मङ्लबार, चैत्र ६, २०८०

मातृभूमि चाइल्ड होमका अनाथ वालवालिकाका लागि खाद्यान्न सहयोग

काठमाडौं साउन १८,

काठमाडौं महानगरपालिका वडा न. २६ स्थित रानीवारीमा विगत १ दशक भन्दा अघि देखि अविराम समावेसी समाज आजको आवश्यकता भन्ने मुल अभिष्ट वोक्दै क्रियाशील समाजीक संस्था मातृभूमि महिला समाज महिला र टुहुरा वालवालिको क्षेत्रमा क्रियाशील हुँदै आइरहेका छन । पछिल्लो समय समाजको अगुवाइमा सञ्चालीत चाइल्ड होममा करिव दुइ दर्जन  अनाथ वालवालिका आश्रित रहेका छन ।

यिनै अनाथ वालवालिका कोभिड जोखिम नियन्त्रणका लागि सरकारले घोषणा गरेको १२० दिने लामो बन्दाबन्दीको अवस्थाका कारण समाजमा आश्रित अनाथ वालवालिका यो वा त्यो कोणबाट प्रभावित बनेका छन । यो क्रम गत साउन ६ गते मध्यरात्रीबाट खुलागरे पनि संस्था आफ्नो लयमा फर्किन अझै सकिरहेको छैन ।

हो यहि अवस्थालाइ दृष्टिगत गर्दै गोरखा जिल्लाका स्थानीय सुक बहादुर श्रेष्ठका सुपुत्र रविन श्रेष्ठ [जो हाल जापानमा अध्ययनरत रहेका छन ]  उनकै पहलमा  सामाजीक अभियन्ता रमिला श्रेष्ठ शाक्य मार्फत  यहाँ आश्रित वालवालिकाको सोमवार मनाइने जनै पूर्णिमाको अवसरमा खाद्यान्न सहयोग गर्नुभएको छ ।

प्राप्त जानकारी अनुसार  विगतमा पनि श्रेष्ठले प्राकृतिक प्रकोपमा पिल्सिएका नेपालीको पीडामा यस अघिपनि यस्तै किसिमका सहयोग गर्दै आइरहेको जानकारी दिदै अभियन्ता शाक्यले  अर्का समाजीककर्मी सुवोध प्रधान लगायतको उपस्थितीमा संस्थाका कावा अध्यक्ष इन्दिरा थापालाइ खाद्यान्न समाग्री हस्तान्तरण गरेको बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।