मङ्लबार, चैत्र ६, २०८०

उपत्यकाका ३१ सहित २४६ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि , उपत्यका संक्रमणको ‘इपिसेन्टर’ बन्दै

काठमाडौं साउन १८,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षणको क्रममा आज उपत्यकाका ३१ जना सहित २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यो संगै कुल संक्रमतिको सख्या २० हजार ३ सय ३२ पुगको छ । उपत्यकामा संक्रमण पुष्टि चएका मध्ये काठमाडौमा २२, ललितपुरमा ८र भक्तपुरमा १ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै  मन्त्तालयका  प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा १११ जना संक्रमति डिस्चार्ज भएसंगै १४ हजार ६०३ सङ्क्रमित कोभिडमुक्त भएर घर फर्किएको र र हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका त्यस्तै

यसैवीच पर्सामा गत साउन १६ गते कोभिड पुष्टि भएका ६८ वर्षकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ मृत्यु भएका उनी मधुमेहका समेत विरामी रहेको बताईएकोछ । यो संगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ ।

साथै मन्त्रालयले भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको बताउदै सवैभन्दा बढि रौटहट र कैलाली जिल्लामा सङ्क्रमण देखिएको जानकारी दिएको छ । त्यस्तै गरि मन्त्रालयले उपत्यका छिर्ने नाकाहरु नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको जानकारीदिनुको अलावा संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन र अनावश्यकरुपमा घरबाट वाहिर ननिस्कन आग्रह गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।