शनिबार, बैशाख १५, २०८१

संक्रमणको जोखिम बढ्संगै बैंक तथा वित्तीय संस्थालाइ राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौ  साउन २६, 

 पछिल्लो समय रफ्तारमा कोभिड संक्रमण र संक्रमितको सख्या बढेसंगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले परिपत्र जारी गर्दै दिएको निर्देशनमा सबै बैंक तथा वित्तीय संस्थालाई सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र यदि सम्भव नभएका कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन भनिएको छ ।

त्यस्तै विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण सहित सरकारले निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेको तथा स्वास्थ्य सुरक्षाका विषयमा स्पष्ट मार्गदर्शन गरेको अवस्थामा सेवाग्राहीको सुरक्षा तथा सङ्क्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाका अधिकतम सबै उपाय अनिवार्य रुपमा पालन गर्न तथा गराउको अलावा जारी सेवालाइ नियमित कसरी राख्न सकिन्छ भन्ने सवालमा कार्ययोजना समेत बनाउन भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।