शनिबार, बैशाख ८, २०८१

बढ्दो जोखिम संगै आइसोलेसन र क्वारेन्टिनको अभाव भएको सीसीएमसीको निष्कर्ष

[ फाइल फोटो ]

भाद्र १ गतेदेखि हवाई र लामो दूरीको सार्वजनिक यातायात सञ्चालनका सवालमा मन्त्रीपरिषदको बैठकले निर्णय गर्ने

काठमाडौ साउन २६,

पछिल्लो समय उपत्यकालगायत देशैभर कोभिड- १९को उच्च जोखिम सहित संक्रमितको सख्या बढ्दै गर्दा कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएको ठहर सहित स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष सहित स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको हो ।

साथै यसवीचमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि आग्रह सहित आफु पनि सुरक्षित रहन र अरुलाइपनि सुरक्षित बनाउन आव्हान समेत गरेको छ ।

त्यस्तै यसअघि सरकारले आगामी भाद्र १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा थप निर्णय मन्त्री परिषदको बैठकले गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।