शनिबार, बैशाख १५, २०८१

माछापोखरीबाट दुई थान पेस्तोलसहित पण्डित र घले पक्राउ

काठमाडौ भाद्र ४,

२ थान पेस्तोल, २ थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका९७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित पण्डितसंगै हातहतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षीय अमर घलेलाई समेत आज नुवाकोटबाट पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार घले डाँका मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरी २०७६ फागुन १२ गते थुना मुक्त भएका थिए। कारागारमा रहेका बेला उक्त हतियारको बारेमा लागूऔषध मुद्दामा सजाय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।