शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका २ सय सहित थप ७०७ जनामा कोभिड संक्रमणको पुष्टि, ६को मृत्यु

काठमाडौं भाद्र ४,

देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८३२ वटा नमुना पिसिआर परीक्षणको क्रममा काठमाडौंका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जना गरि २०० जना सहित थप ७०७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७६८ जना रहेको र संक्रमित सक्रिय सख्या ११ हजार ५५५ जना रहेको जानकारीदिनुभयो । त्यस्तै सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ७७२ रहेको प्रवक्ता डा गौतमले जानकारीदिदै संक्रमितमध्ये ७ जना भेन्टिलेटर र १२९ जनाको आईसियूमा उपचार भैरहेको बताउनु भएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार ५ सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं पहिचान भएका छन भने भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा संक्रमण शून्यमा झरेको बताउनुभयो ।

साथै पछिल्लो २४ घण्टामा २६३ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। त्यस्तै कोभिड संक्रमणका कारण हालसम्म १२६ जनाको मृत्यु भएको  र पछिल्लो विवरण  काठमाडौंमा १ महिला, चितवन, मकवानपुर र सप्तरीमा १/१ पुरुष र पर्सा जिल्लामा १ महिला र २ पुरुषको निधन भएको उहाँले बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।