शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमण: २३ वर्षीया गर्भवती महिला सहित ७ को मृत्यु

काठमाडौं भाद्र १०,
विश्वव्यापी कोभिड महामारीको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशमर ७ जनाको मृत्यु भएको छ ।

विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार संक्रमणका कारण मृत्यु हुनेमा वीरगञ्जस्थित नारायणी अस्पतालमा २३ वर्षीया गर्भवती महिला सहित ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । अस्पतालका अनुसार उच्च रक्तचापसमेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड पोजिटिभ पाइएको हो ।  त्यस्तै बाँकी मृतकमा ललितपुरमा १ जना, पोखरामा १ जना र बुटवलको धागो कारखानामा सञ्चालित बुटवल कोरोना विषेश अस्पतालमा  १ जना रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।