बुधबार, बैशाख १२, २०८१

सोल्टीमोडबाट बिल विनाको १ सय १२ थान मोबाइल लगायतका समान सहित २ जना पक्राउ

काठमाडौं भाद्र १० ,

काठमाडौं महानगरपालिका सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेका छन् ।

प्रहरीले पक्राउ परेका अभियुक्तद्दयको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोवाईल डिसप्ले, ५ सय ९३ पिस विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, ६ हजार थान क्यालकुलेटर र ५ थान मोवाइल डिसप्ले बोर्ड समेत प्रहरीले बरामद गरेको जनाउद यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।