शुक्रबार, बैशाख १४, २०८१

कर छलीको आरोपमा ३ अर्ब ८२ करोड विगो मागदावी सहित आधादर्जन व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौ साउन १ , राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।विभागका अनुसार मुद्धा दायर भएका कम्पनी सञ्चालक र कारोवारीबाट ३ अर्ब ८२ करोड विगो माग सहित मुद्दा दायर गरेको हो ।

विभागका अनुसार मुद्धा दायर भएका कम्पनीमा क्रमस काठमाडौँ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालकसमेत दुई जनाविरुद्ध राजश्व चुहावट गरेको अभियोगमा रु दुई अर्ब ४२ करोड ९८ लाख बिगो माग गरिएको छ भने ललितपुर महानगरपालिका–२ सानेपास्थित एस मोबाइल एण्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी ४ जना विरुद्ध रु एक अर्ब ३९ करोड सात लाख बिगो माग संगै  कैद सजायको माग गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।