शनिबार, जेष्ठ २९, २०७८

काँग्रेसले माग्यो प्रम ओलीको विवादास्पद अभिव्यक्तिको प्रष्टिकरण

काठमाडौं साउन १, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सो सम्बन्धमा सरकार र सत्तारुढ दल नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्रीका अभिव्यक्तिहरूले प्रश्न सिर्जना गरेको उल्लेख गर्दै नयाँ नक्सा अनुरूपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर नभएको भनी प्रवक्ता शर्माले टिप्पणी समेत गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा मुलुकभर कोभिड जोखिम बाढी पहिरो जस्तो विषम अवस्थालाइ नजर अन्दाज गर्दै तुक त वेतुकको अभिव्यक्ति आफैमा लस्जास्पद भएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति केहो सो सम्बन्धमा प्रष्टिकरण आउनुपर्ने बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु