शनिबार, बैशाख १५, २०८१

मिर्गाैला प्रत्यारोपण प्रकरण: सिएमसीका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ सहित ४ चार जना पक्राउ

काठमाडौं असार २७ नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जनालाइ पक्राउ गरेका छन् ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका प्रसंगमा  प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्ले रहेको प्रहरीले जनाएको छ ।

 प्रधानका अनुसार एक वर्षअघि काठमाडौंका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयमा अनुसन्धान गर्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार सोहि प्रकरणमा सर्जन डा राकेश बर्मा भने फरार रहेको जनाउएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।