शुक्रबार, चैत्र १६, २०८०

अमिताभ उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोभिड संक्रमण

एजेन्सी  असार २८,   बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूहरू दुवै जना अस्पताल भर्ना भएको पनि बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’ बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।