शुक्रबार, बैशाख १४, २०८१

कोभिडको बढ्दो जोखिमका वीच सरकारले प्रदर्शन गरेको अनुत्तरदायि प्रवृतिको आलोचना

काठमाडौ साउन ९,

काँग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’ले १२० दिन लामो बन्दाबन्दी खुले पनि कोभिड भाइरस सङ्क्रमणको खतरा कायमै रहेकाले यसमा थप सचेतता अपनाउन आवश्यक रहेको जनाएको छ ।  आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिति संयोजक एवं पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कोभिड सङ्क्रमणको क्रम नघटेको, सङ्क्रमण समुदायमा थप फैलिनसक्ने खतरा रहेकाले परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै उहाँले यस्तो विषम अवस्थाको सवालमा “काँग्रेसले सरकारको ध्यानाकर्षण गराउँदाको वाजुद पनि निर्धारित मापदण्ड अनुरुपको क्वारन्टाइन सञ्चालन नगर्नु , परीक्षणको दायरा फराकिलो नपार्नु भनेको सरकारको जनतामाथिको हदैसम्मको गैरजिम्मेवारी भएको समेत बताउनुभयो ।

त्यस्तै सरकारको यस्तै सरकारले १२० दिन लामो बन्दाबन्दी यही साउन ७ गतेदेखि खोल्ने निर्णय गरेको थियो । मुलुकको अर्थतन्त्र, व्यवसाय, जनजीवनलाई गतिशील बनाउन आवश्यक भए पनि बन्दाबन्दी खुलाएपछि जनजीवनलाई व्यवस्थित, स्वास्थ्य सजगता र सुरक्षाका उपाय अवलम्बन गर्दै जनजिवनलाइ सहजीकरण राहत दिनुपर्नेमा यसको समुसुचित सम्बोधन गर्न नसकेको त्यस्तै बन्दाबन्दी खोल्दा पनि अनुत्तरदायि प्रवृति प्रदर्शन गरेको भन्दै सरकारको तिव्र आलोचना समेत गर्नु भयो ।  साथै सरकारले जनतामाथि लाड्दै आएको अर्कमण्यता विरुद्ध सचेत हँदै संक्रमण बढ्दो जोखिमप्रति सचेत भई भौतिक दुरी र मास्कलगायतका स्वास्थ्य सुरक्षाका उपायलाई आफू पनि अपनाउन र अरुलाई पनि अपनाउनका अनुरोध गर्नुभएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।