शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंका १० सहित १३३ जना संक्रमितको पहिचान , थप एकको मृत्यु

काठमाडौं साउन ९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ३ हजार ९८७ जनामा गरिएको पिसीआर परीक्षणको क्रममा काठमाडौंका १० जना सहित १३३ जना संक्रमितको पहिचान भएसंगै संक्रमितको संख्या १८ हजार ३७४ पुगेको जनाएको छ ।

काठमाडौ १० जनामा कोभिड–१९ सङ्क्रमित मध्ये शुक्रराज ट्रपिकल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५ र महाराजगञ्जमा गरिएको परीक्षणमा पनि काठमाडौँका ५ जनाको परीक्षण पोजेटिभ पाईएको मन्त्रालयलले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमका अनुसार आज उपचारपछि संक्रमण मुक्त भएर १ सय ७ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको र देशभर १९ हजार ७४४ जना क्वारेन्टाइनमा त्यस्तै ५ हजार ३८३ जना आइसोलेसनमा रहेको जानकारी दिएको छ।

त्यस्तै आज पर्सा जिल्ला, वीरगन्ज महानगर वडा नं.११ श्रीपुरका ८५ वर्षकी महिलाको निधन भएको छर योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।