शनिबार, बैशाख १५, २०८१

उपत्यकाका १५ सहित थप २ सय १० जना कोभिड संक्रमितको पहिचान

काठमाडौं साउन १४,
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ३७ वटा पीसीआर परीक्षण गर्ने क्रममा उपत्यकाका १५ सहित थप २ सय १० जना कोभिड संक्रमित थपिए संगै नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएसंगै कुल डिस्चार्ज संक्रमतिको सख्या १४ हजार २१ जना पुगेको जानकारी दिनु भएको छ। साथै उहाँले हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर परीक्षण भएको र  देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत र १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेको जानकारी दिनुभयो ।

यसैवीच संक्रमणबाट थप दुई जना व्यक्तिको मृत्यु भएको छ। बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको समाचार पप्त भएको छ । यद्यपी यसको औपचारिक पुष्टि भने मन्त्रालयले गरेको छैन । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।