बिहिबार, चैत्र १५, २०८०

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको बृहत्तर हितमा लाग्न प्रमानि थापको निर्देशन

प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा  प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई

काठमाडौं साउन १४ ,
गत साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा बढुवा भएका निरजबहादुर शाही र पद्युम्नकुमार कार्की र प्राविधिक प्रहरी उपरीक्षक पदमा बढुवा भएका पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ।  प्रहरी महानिरीक्षक शैलेश थापाले प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमकावीच दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

त्यस्तै दज्र्यानी चिह्न प्रदान गर्दै महानिरीक्षक थापाले सकल दर्जाका प्रहरी अधिकृतले आफ्नो दक्षताअनुरुप थप ऊर्जासहित व्यावसायिक सेवाको अपेक्षा प्रहरी सङ्गठनले गरेको बताउदै कर्तवय निर्वाहको क्रममा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको बृहत्तर हितमा लाग्नु सकेमात्रै प्रहरीको गरिमालाई थप उचाइमा लैजान सकिने बताउनुभएको छ ।

कार्यक्रममा नवनियुक्त एआइजी नीरजबहादुर शाहीले सङ्गठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्मनिष्ठ रही सङ्गठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैवीच नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।