शुक्रबार, बैशाख १४, २०८१

आज साउनको दोस्रो सोमबार ,शिवको पूजा आराधना गर्न शिवालयमा भक्तजनको घुइचो ,पशुपतिको मन्दिर भने बन्द

[फाइल फोटो]

काठमाडौ साउन १२,

आज साउन महिनाको दोस्रो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ ।

तयस्तै नेपाली हिन्दू महिलाहरुले साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने क्रममा हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

त्यस्तै आजको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ । सोहि क्रममा पुशपतिनाथ, लगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लाग्ने गरिन्छ ।

यद्यपी पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोभिड भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द रहेको छ । अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।