बिहिबार, बैशाख ६, २०८१

अमेरिका लैजाने प्रलोभनमा पारी लाखौं रकम ठगीगर्ने कोपिला र अमिसा प्रहरीको फन्दामा

काठमाडौ साउन १२,

 महानगरीय अपराध महाशाखाले अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका २ का २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाइ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपश्चात रुपन्देही बुटवलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएकोछ ।

त्यस्तै पक्राउ परेका अभियुक्तद्दयले विभिन्न बहानामा पटकरपटक गरी ५ लाख रुपैयाँ ठगी गरेको र निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु