शुक्रबार, बैशाख १४, २०८१

आज थप १०० जना नयाँ कोभिड संक्रमितको पहिचानसंगै २ संक्रमितको मृत्यु

काठमाडौ साउन ७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो भने ४९ वर्षीया कोभिड संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको जानकारी मन्त्रालयले दिदै संक्रमणका कारण मृत्यु हुनेका सख्या ४२ पुगेको जनाएको छ ।

त्यस्ते मन्त्रालयले देशका विभिन्न २८ वटा प्रयोगशालामा गरिएको ३ हजार ७७९ जनामा गरिएको पिसीआर परीक्षणको क्रममा १०० जना संक्रमितको पहिचान भएसंगै संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाएको छ ।

त्यस्तैगरि आज २ सय ७ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ६ सय ८४ पुगेको त्यस्तै २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा र ५ हजार ३ सय ६८ जना आइसोलेसनमा रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।