शुक्रबार, चैत्र १६, २०८०

ट्राफिक प्रहरीको विशेष टोली परिचालन, ट्राफिक नियम पालनामा कडाइ

काठमाडौ साउन ७ ,
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत विगत ४ महिना यतादेखि जारी बन्दाबन्दी खुलेसंगै उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ ।

बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन आजदेखि ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार महाशाखाले यसवीचमा र उपत्यकाका २९ स्थानमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बसबिसौनी र विशेष गरी गुडिरहेको सार्वजनिक सवारीलाई अनुगमन गर्नुकोअ अलावा सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेर नगरेको, चालक र यात्रुले मास्क लगाए नलगाएको, तोकिएको भाडादर लिएर नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे नराखेको अनुगमन गर्नेे बताए ।

साथै उहाँले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले सवारी चालक तथा आम यात्रुलाई अनुरोध समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।