शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमणको जोखिमसंगै आर्थिक अपराधको संक्रमण नफैलियोस

-रमा न्यौपाने [आर्या]- 

सिङ्गो बिश्वनै कोभिड- १९को कहरबाट प्रताडित भइरहेको अवस्थामा  नेपालमा पनि संक्रमणको भयावह स्थिती सिर्जना नहोस भन्दै सरकारले घोषणा गरेको लकडाउनको आज ७३ औ दिन पुगेको छ ।  चिनको वुहानबाट शुरु भएको कोभिड- १९ ले विश्वको २१३ देशलाइ आफ्नो प्रभावमा पार्दै मानव जीवन देखि त्यहाँको अर्थतन्त्रको सूचाङ्ककनमा समेत उथल पुथल पार्दै आइरहेको छ।

यहाँ सम्मकी विश्वमानचित्रमा आफुलाइ शक्तिशाली ठान्ने मुलक समेत कोभिडको कहरबाट त्रसित  भएका छन । यसअघि अनेकन माहामारीबाट  मुलकलाइ सहजै सुरक्षित अवतरण गराउन सफल मानिएका मुलक पनि यसपटक थलिएको अवस्था छ । यद्यपी  कोभिड संक्रमण नियन्त्रणका लागि हरसंभव प्रयासमा जुटेका शक्तिशाली मुलुक  अमेरिका, अस्ट्रेलिया ,जापान चिन लगायतले पनि यसको निचोड पहिल्याउन सकिरहेको अवस्था छैन ।

यसवीचमा कोभिड नियन्त्रणको भ्याक्सिन पत्ता लगाइ हालेपनि परीक्षण विना प्रयोग  गर्न नमिल्ने भएकै कारण तत्काल यसको प्रयोग हुन सक्ने अवस्था किमार्थ देखिदैन । पछिल्लो डेटा हेर्ने हो भने आफैमा कहाली लाग्दो रहेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ लाख ९७ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ८८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १९ लाख नाघेको छ । त्यहाँ १ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यसवीचमा हाम्रो मुलुकको अवस्था हेर्ने हो भने पनि  कोभिड संक्रमणका कारण गत चैत ११ बाट जारी बन्दाबन्दीको ४५ दिन पछि संक्रमितको सख्या मात्र नभइ संक्रमणकै कारण मृत्यु वरण गर्ने सख्या पनि बढ्दो रहेको छ । समयमानै राज्य  सरकारले दुरदृष्टि बनाउन नसक्दा र परीक्षणको दायरालाइ फराकिलो बनाउँन नसक्दा जारी लकडाउनको ७३ औ दिन पुग्दा जनमानसमा थप आतंक सिर्जना भएको  छ ।

लकडाउनका कारण सवै आर्थिक चलायामान थप्प  भएको अवस्थामा कर तिर्न उर्दि जारी गर्ने राज्यका ठेकेदारको नैतिक विचलनले जनता रोगको संक्रमणको त्रास मात्र नभइ करको संक्रमणले समेत प्रताडित बन्न् बाध्य भएका छन ।

एकातर्फ जारी लकडाउन अर्कोतर्फ संक्रमितको सख्याका कारण यहाँको जनजीवन दिनानुदिन कष्टकर बन्दै गइरहेको छ ।  अत्याआवश्यक सेवा वाहेका सवै व्यापार व्यवसाय, उद्योग ,धन्दा कलाकारखाना   बन्द रहेकै कारण हुँदा खाने  र  हुने खाने सवैको  अवस्था नाजुक बन्दै गएको छ । तर पनि राज्य सरकार जनमैत्री बन्न सकेको छैन । राज्यको तर्फबाट न्यायोचित सम्बोधन हुन नसक्दा व्यापार , व्यवसाय सवै व्यवासायी पलायन हुनुपर्ने अवस्था सिर्जना हुन थालेका छ ।जनताले गरेको अपेक्षा केवल जिजिविसfमा सिमित भएका छन ।  संक्रमणबाट बच्न लकडानउनमा बस्दै गर्दा रोगबाट त बचिएला तर भोकबाट बच्न सकिने संभावना क्षिण हुँदै गएको छ । त्यसमाथि राज्यको तर्फबाट कर तिर्ने सवालमा उर्दीले त जनमानसमा थप विचलन ल्याएको अवस्था छ । जनतालाइ संक्रणबाट बचाउन् भन्दै लकडाउन गर्ने अनि लकडाउनका कारण सवै आर्थिक चलायामान थप्प  भएको अवस्थामा कर तिर्न उर्दि जारी गर्ने राज्यका ठेकेदारको नैतिक विचलनले जनता रोगको संक्रमण त्रास मात्र नभइ करको संक्रमणले समेत प्रताडित बन्न् बाध्य भएका छन ।

‘लकडाउनका कारण सवै आर्थिक चलायामान थप्प  भएको अवस्थामा कर तिर्न उर्दि जारी गर्ने राज्यका ठेकरदारको नैतिक विचलनले जनता रोगको संक्रमणको त्रास मात्र नभइ करको संक्रमणले समेत प्रताडित बन्न् बाध्य भएका छन

त्यस्तै जसो तसो सामान्य दैनिकी सञ्चालन गर्दै आइरहेका भाँडामा बस्ने नागरिकको पिडा पनि उस्तै छ । एकातर्फ आय आर्जन हुने मार्ग सव अवरुद्ध अर्कोतर्फ त्रैमासिक भाँडा भुक्तानीको चिन्तासंगै अवरुद्ध शैक्षिक गतिविधिका कारण यत्र तत्र सर्वत्र असामान्य अवस्थाकावीच देखिएको अनेकन समस्या माथिको समस्याले नागरिकको जीवन बोझिलो बन्दै गइरहेको छ।त्यसअर्थमा राज्यले समयमानै थप निकास नपहिल्याउने हो भने संक्रमणको जोखिम भन्दा पनि आर्थिक अपराधिक मनोवृतिको थप भयावह जोखिम सिर्जना हुने   देखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।