शुक्रबार, बैशाख १४, २०८१

डब्लुएचओले भन्यो- सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्नु

काठमाडौं जेठ २४,  डब्लुएचओले   भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ । कतिपय देशले कोरोना नियन्त्रणमा आउन थालेको भन्दै यसअघि लगाइएका प्रतिबन्ध र लकडाउन खुकुलो पारेसँगै डब्लुएचओले यस्तो निर्देशन दिएको हो ।

त्यस्तै जारी निर्देशिकामा सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सबैसँग आग्रह गर्दै सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ ।

साथै डब्लुएचओले मास्क लगाएर कोरोनाका भाइरस फैलावटलाई केही हदसम्म नियन्त्रण गर्न सकिने जनाउदै स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।