शुक्रबार, चैत्र १६, २०८०

जारी लकडाउनको प्रारुपमा सहजीकरण गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं जेठ २५ , कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बैठक बस्दैछ । आज बस्ने बैठकले गतचैत ११ गते देखि जारी लकडाउनको प्रारुपलाइलाइ सहजीकरण गर्ने तयारी रहेको बुझिएकोछ । यसअघि प्रधानमन्त्री केपी ओली ले सम्वद्ध विज्ञहरुसंग गर्नु भएको छलफलअनुरुप प्राप्त निष्कर्षलाइ मुर्ततादिदै लकडाउनलाइ सहजीकरण गर्न लागेको हो।

प्राप्त जानकारी अनुसारसमितिले आगामी असार १ गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रुप दिदै उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नया प्रारुप कायम गर्ने बुझिएको छ ।

त्यस्तै दुई/दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिएको छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना सरकारको रहेको छ । साथै पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने प्रस्तावलाई आजै साँझ बस्ने मन्त्रीपरिषद बैठकवाट पारित गर्ने तयारी समेत भएको सम्वद्ध स्रोतबाट बुझिएको छ । सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।