शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न आयोगको आग्रह

काठमाडौं असार १२, राष्ट्रिय मानव अधिकार आयोगले कोभिड संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मा संक्रमितको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगले आज जारी विज्ञप्तिमा शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानून र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूति गरेको उल्लेख गर्दै आयोगले शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्नसरकारलाइ समेत आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका एक व्यक्तिको शव व्यवस्थापनमा पोखरामा स्थानीयवासीले बुधवार प्रदर्शन सहितको अवरोध गर्दा प्रहरी प्रदर्शनकारीवीच झड िसमेत भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।