बिहिबार, चैत्र १५, २०८०

मध्य बानेश्वरको मुख्य सडक भासिएसंगै सवारी आवागमनमा अवरोध

काठमाडौं असार १२, राजधानी काठमाडौको मध्य बानेश्वरको मुख्य सडक भासिएसंगै सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

मध्य बानेश्वरको मुख्य सडक भासिएर ठूलो भ्वाङ नै परेको अवस्थापछि सडक डिभिजन कार्यालय, काठमाडौले त्यस क्षेत्रको खानेपानी र ढल व्यवस्थापन अन्र्तगतको पाइप मर्मत लगत्तै सडक मर्मतको काम हुने जनाउ दिएको छ ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा सम्वद्ध अधिकारीले सडक मर्मत नभएसम्म कुनै पनि आकस्मिक सवारी दुर्घटना नहोस भन्नका लागि ट्राफिक प्रहरीको उपस्थिति रहने र सोहि अनुरुप सवारी आवागमनको व्यवस्थापन मिलाइने जानकारी दिएका  छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।